Recent Updates
Recomment to Your Friends
धेरै पढिएका
-
प्रहरीकै सिक्री लुटियो
प्रतिमा बाँस्कोटा
काठमाडौं, वैशाख २९ - सर्वसाधारणको सिक्री लुटेर हैरान पारिरहेका बेला राजधानीमा एक महिला प्रहरीले लगाएको गहना लुटिएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कार्यररत प्रहरी हवल्दार सीता उप्रेतीले लगाएको २ तोलाको सिक्री शनिबार साँझ लुटेराले लखेटीलखेटी थुतेर लगेका हुन् ।
दिउँसो १२ बजे देखी ६ बजेसम्मको ड्युटी सकेर बालाजु घर फर्किदै गरेकी उनको स्कुटरलाई धक्का दिएर लडाउने प्रयास गर्दै लुटिएको हो । उनका अनुसार गंगा हलबाट माच्छापोखरी निस्कने बाटोको सुनसान स्थानमा स्कुटरलाई धक्का दिइएको थियो । सुरुमा त उनी झुक्किएर धक्का दिएको होला भन्दै अघि बढिन् । 'अघि जादै गर्दा मेरो साईडबाट आएको मोटरसाइकल मसंगसंगै हिड्यो,' उनले सुनाइन् 'अलिपर पुगेपछि एक्सिलेटर घुमाउने दाहिने हातमा झटा दिएपछि मैले कुदाउन सकिन ।'
हातमा हानेपछि मोटरसाईकल चालकलाई गाली गर्न ऊतर्फ फर्किदा घाँटीको सिक्रि समातेको उनले बताईन् । 'एक हातले मेरो सिक्रि समात्दै अर्को हातले मोटरसाईकल कुदायो,' उनले भनिन् 'मैले छोड छोड भन्दै स्कुटर उसको पछिपछि कुदाएँ ।' केहि पर पुगेपछि आफ्नो सिक्रि गलाबाट छिनेर उसको हातमा पुगेको उनले सुनाईन् ।
नम्बर प्लेट छोपिएको निलो मोरटसाइकलमा आएका लुटेराले घाँटीको सिक्रीमा हात राखेर छिनाएर लगेको उनले बताइन् । घटना लगत्तै प्रहरीको कन्ट्रोल कक्षमा खबर गरेकी थिईन् । त्यसपछि आएको प्रहरीले खोजतलास गरेपनि लुटेरालाई फेला पार्न सकेन । लैनचौरको मुख्य सडकमा नम्बर नखुलेको पल्सर मोटरसाईकलमा आएका व्यक्तिहरुले शनिबार साँझ साढे ६ बजे पैदल यात्री मीना तुलाधरले लगाएको झण्डै ७ तोलाको सिक्रि लुटेर फरार भएको प्रहरीले जनाएको छ । यस्तै एक साता अघि बालाजु क्षेत्रमा नै स्कुटरमा आएकी एक युवतीलाई ठक्कर दिएर लुटेराले उनले लगाएको सिक्रि लुटेर भागेका थिए ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले सुन लुटिनु काठमाडौको मुख्य समस्या भएको बताउँदै त्यसलाई नियन्त्रणमा लिन लागि परेको बताए । 'हाम्रो टाउको दुखाईको विषय बनेको छ,' उनले भने 'यस्ता समूहलाई नियन्त्रणमा नलिएसम्म सुन थुत्ने कम हुने देखिदैन ।' उनका अनुसार राजधानीमा ३ देखी ४ वटा यस्ता समुह छन् । जो गलत नम्बर प्लेट मोटरसाईकलमा टाँसेर सिक्रि थुत्छन् र अलि पर पुगेपछि आएर लुटा राखेको नम्बर प्लेट निकालेर हिड्छन् ।
केहि दिनअघि बालाजुमा यसरी नै लुटेर भाग्ने मध्येका एक केदारबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको केही दिनमा महानगरीय प्रहरी अपराध महाशाखाले सुन थुत्नेमा मुख्य भुमिका निर्वाह गर्ने बाबु भन्ने हेम दोर्जेलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार, दुबैजना पेशेवर लुटेरा हुन् । दोर्जे यसअघि पनि विभिन्न सुन थुत्नेका घटनामा संलग्न भएको प्रहरीको भनाई छ । यिनीहरुले कपन बाहेक कालिमाटी लगायतका अन्य क्षेत्रमा समेत लुटपाट गरेका घटना भेटिएका छन् । पछिल्लो २७ दिनमा राजधानीमा १४ जना महिलाको घाँटीमा लगाएको नम्बर नखुलेको मोटरसाईकलमा आउने र सडकमा हिंड्ने वा स्कुटर चलाउने
-
३० बर्षका भए फेसबुक मालिक, जान्नुहोस् जुकरवर्गका १२ रोचक तथ्य
२०७१ जेठ १ गते
फेसबुकका मालिक मार्क जुकरवर्ग मे १४ तारिखदेखि ३० बर्षमा लागेका छन् । सन् १९८४ मे १४ तारिखमा उनी न्यूयोर्कमा जन्मिएका थिए ।
३० औं बसन्त अघि नै अर्बपतिको सूचीमा प्रवेश गर्ने मार्क एक्ला त हैनन तर यी यस्ता सिमित प्रबिधि बादशाह हुन जसको कामले संसारलाई बदलिदियो ।
१० बर्षअघि उनले थालेको ‘फेसबुक’ले सोसल मिडिया क्रान्ति ल्याउन सफल भयो । आउनुहोस उनै जुकुरवर्गबारे कमै थाहा भएका १२ तथ्यबारे जानकारी लिऔं ।
१. हारभर्ड ड्रपआउट
मार्क हारभर्डमा पढाई बिचमै छाडेर बिजनेस थालेका थिए । उनले अमेरिकाको प्रख्यात बिश्वबिद्यालय हारभर्डमा अध्ययन गर्दाताका फेसम्यास नामको वेबसाइट बनाएका थिए जसले बिद्यार्थीको तस्वीरका आधारमा को आर्कषक छ भनेर आफ्नो भोट दिन पाउँथे । त्यसले खासै ख्याती बटुल्न नसकेपछि उनले फेब्रुअरी ४, २००४ मा द फेसबुक डटकम नामका सामाजिक संजाल सुरु गरे ।
सुरुवातमा फेसबुक बिश्वबिद्यालयका ग्राजुएटहरुको डाटाबेश राख्ने र आपसमा मित्रता कायम गर्ने थलोजस्तो मात्र थियो । सन् २००६ बाट मात्र यो सवैखाले प्रयोगकर्ताका लागि खुला गरिएको थियो ।
२. चोरीको बात
मार्कमाथि बौद्धिक सम्पत्ति चोरीको बात लागेको थियो । हारभर्डमै पढ्ने बेला उनलाई हारभर्ड कनेक्सन नामक वेबसाइट निर्माणका लागि काममा लगाइएको थियो । तर, मार्कले त्यसको आइडिया लिएर निजी प्रोजेक्टको रुपमा द फेसबुक निर्माण गरेको उनलाई काम लगाएका क्यामरोन विनक्लोभ र दिब्य नरेन्द्रले आरोप लगाए । उनीहरुले मार्कविरुद्ध मुद्दा पनि हाले । पछि उनले साढे ६ करोड डलर दिएर यो मुद्दालाई समाधान गरेका थिए ।
३. रंग छुट्टाउन सक्दैनन्
जुकरवर्ग कलर ब्लाइन्ड छन् । उनले रातो र हरियो रंग चिन्न सक्दैनन् । जसका कारण फेसबुकमा निलो रंग निलोको बोलबाला छ । जुकरवर्ग छन्भन– मेरो लागि सवैभन्दा उत्तम रंग नै निलो हो, जुन मैले पुरै ठम्माउन सक्छु ।’
४. माइक्रोसफ्ट र एओएलको जागिर अस्वीकार
हाइस्कूल पढ्दै गर्दा जुकरवर्गले सिनेप्स नामको म्युजिक एप्स बनाएका थिए । त्यतिबेला माइक्रोसफ्ट र एओएलले जुकरवर्गलाई सो एप थप विस्तार गर्न र आफ्नो जागिर खान आउन लाखौं डलरको अफर गरेका थिए । तर, उनले जागिर खानुको सट्टा हारभर्ड बिश्वबिद्यालयमा भर्ना हुने बाटो रोजे ।
५. म्याकडोनाल्ड बर्गरका पारखी
बिश्वको नम्बर एक सोसल नेटवर्किङ साइटका अर्बपति मालिक म्याकडोनाल्डका पारखी हुन् । उनको प्रोफाइलमा जनाइएअनुसार उनलाई बर्गर मन पर्छ, लेडी गागा, बिकोन र केट पेरी उनलाई मनपर्ने सेलिब्रेटी हुन् ।
६. घरमा टीभी छैन
यहुदी परिवारमा जन्मिएका मार्कसँग आफ्नै टीभी सेट छैन् । उनी आफुलाई यस्ता वस्तुमा बिश्वास नभएको बताउँछन् ।
७. झुर पहिरनमा नम्बर १
अर्वपति भइकन पनि जुकरवर्गको ड्रेस सेन्स राम्रो छैन् । उनी अक्सर जिन्स, टीसर्ट र चप्पलमा भेटिन्छन् । सन् २०११ मा त उनी सिलिकन भ्यालीका सवैभन्दा खराव परिहनवाला ब्यक्तिको सूचीको पहिलो नम्बरमा थिए ।
८. आफ्नै स्टाफसँग बिबाह
जुकरवर्गले सन् २०१२ मा लामो समयदेखिकी प्रेमिका प्रसिला चानसँग बिबाह गरे । चान सन् २००४ मा फेसबुक सार्वजनिक भएको दोस्रो दिन फेसबुकमा जागिर खान पुगेकी थिइन् ।
९. २३ बर्षको उमेरमा कान्छो अर्बपति
सन् २००८ मा जुकरवर्ग संसारकै कान्छा अर्बपतिका रुपमा सूचीकृत
-
the secret of girls in hostel /most watch
-
विदेशबाट फर्केकाले कत्रो टिभी कर नतिरी ल्याउन
पाइन्छ?
यसपालिको बजेटले विदेशबाट फर्किएकाले ल्याउने
टेलिभिजनका सम्बन्धमा नयाँ
.
-
घाइते पत्रकार गिरीलाई सहकर्मीको सहयोग
२७ बैशाख, नेपालगन्ज । सडक दुर्घटनामा परी गम्भीर घाईते भएका नेपालगन्जका पत्रकार नविन गिरिको उपचारको लागि सहकर्मीबाट सहयोग जुट्न थालेको छ ।
द हिमालयन टाइम्स्का समाचारदाता तथा शाखाका केन्द्रीय पमर्षद दामोदर भण्डारील
-
भौतिक अभाबमा
-
राजेश हमालको बिहे जेठ १४ गते
-
जहाजबाट हेर्दा
-
इजरायलको जेरुशलेममा निजी कारको ठक्करबाट एक नेपाली महिला गम्भिर घाइते
हदासा एन्केरेन अस्पतालको इमर्जेन्सी वार्डमा मृत्युसँग संघर्ष गर्दै
-
सुनसरीकी मधुसँग राजेश हमालको विवाह पक्का :-
हमाल मधुसँग सल्लाह गरेर मात्र निर्णय लिन्छन्