भिडियो हेर्न बक्समा क्लीक गर्नुहोला

Saturday, May 10, 2014

घाइते पत्रकार गिरीलाई सहकर्मीको सहयोग २७ बैशाख, नेपालगन्ज । सडक दुर्घटनामा परी गम्भीर घाईते भएका नेपालगन्जका पत्रकार नविन गिरिको उपचारको लागि सहकर्मीबाट सहयोग जुट्न थालेको छ । द हिमालयन टाइम्स्का समाचारदाता तथा शाखाका केन्द्रीय पमर्षद दामोदर भण्डारील

घाइते पत्रकार गिरीलाई सहकर्मीको सहयोग

२७ बैशाख, नेपालगन्ज । सडक दुर्घटनामा परी गम्भीर घाईते भएका नेपालगन्जका पत्रकार नविन गिरिको उपचारको लागि सहकर्मीबाट सहयोग जुट्न थालेको छ ।
द हिमालयन टाइम्स्का समाचारदाता तथा शाखाका केन्द्रीय पमर्षद दामोदर भण्डारीले घाइते पत्रकार गिरीको उपचारका लागि ५ हजार प्रदान गरेका छन् ।
Help For Nabin Giriपत्रकार भण्डारीले शनिवार नेपाल पत्रकार महासंघ बांके शाखामार्फत गिरीलाई रकम प्रदान गरेका हुन् । शनिवार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष रुद्र सुवेदीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
रकम लिदै अध्यक्ष सुवेदील गिरीको उपचारमा सहयोग पुर्‍याउन सबै पत्रकार तथा संघ संस्थाहरुलाई आग्रह गरे । गिरीले उपचार गराउँदै आएको कठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर शाखाबाट १० हजार रुपैयाँ हस्तान्त्रण गरेको बताए ।
केही हप्ताअघि दाङ्गस्थित घर गएका पत्रकार गिरीलाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । उनको खुट्टा र हातमा गम्भीर चोट लागेको छ । उपचारका लागि १५ लाख रुपैयाँ लाग्ने भएकाले सहकर्मी पत्रकारहरुले रकम संकलन गरिरहेका छन् ।

Friday, May 9, 2014

कतार मा रहनु भएको सम्पुण नेपाली दिदी भाई दाजु बोहीनी को लागि सुबरण अबसर आयो

कतार मा रहनु भएको सम्पुण नेपाली दिदी भाई दाजु बोहीनी को लागि सुबरण अबसर आयो ...............। दोहा, वैशाख २२ - कतार सरकारले विदेशी कामदारलाई बिनारोकटोक स्वदेश फिर्न पाउने (एक्जिट पत्र) सहितको 'स्पोन्सरसिप' व्यवस्थामा सुधार गर्ने भएको छ । वर्तमान व्यवस्थाअनुसार कम्पनीले अनिवार्य देश वा कम्पनी छाड्ने 'एक्जिट पत्र' नदिएसम्म कामदारले कतार छोड्न पाउँदैनन् ।स्पोन्सरसिपअन्तर्गतकै एउटा करार अवधि सकिएपछि अर्को कम्पनीमा काम गर्न जान पाउने तयारी कतारी सरकारले गरिरहेको अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले बताएका छन् । हाल कामदारले अर्को काममा जानुपरेमा काम गरिरहेको कम्पनीको सहमति र सिफारिस अनिवार्य छ । कम्पनी छाडेर गएमा दुई वर्षसम्म कतार आउन नपाउने स्थिति छ ।हालै कतारको भ्रमणमा न्युयोर्कबाट आइपुेका 'ह्युमन राइट्स वाच' को दाबीअनुसार कतारी उच्च अधिकारीहरूले समयतालिका सहित कतारले स्पोन्सरसिप व्यवस्थामा सुधार गर्न गइरहेको छ । 'यो परिवर्तन न्यूनतम आधार एक्जिट परमिट हटाउनेबाट सुरु हुनेछ । कतारसँगको काम गर्ने सम्बन्धको आधारमा भन्ने हो भने उसले आशाजनक सुधार गर्दैछ,' ह्युमन राइट्स वाचका मध्यपूर्व परामर्शदाता निकोलास मिकघिहानले भनेका छन्, 'जुन परिवर्तन देखिने गरी हुनेछ । स्पोन्सरसिप व्यवस्थामा सुधारबाट कतारले नै फाइदापुग्नेछ ।'अन्तर्राष्ट्रिय अधिकारवादीहरूले स्पोन्सरसिप व्यवस्था हटाउन दबाब दिँदै आएपछि कतारले सुधार गरी स्पोन्सरसिप व्यवस्था ल्याउन लागेको हो । १८ लाख विदेशी नागरिक रहेको कतारमा कस्तो प्रकारले स्पोन्सरसिप व्यवस्थामा परिवर्तन आउँदै छ भन्ने विषय सबैका लागि कौतुहलताको विषय बनेको छ । निजी क्षेत्र र स्थानीय नागरिकले भने 'सम्मानजनक स्वार्थ' मा अन्तर्राष्ट्रिय समुदायले सहमति जनाइदिनुपर्नेमा जोड दिन थालेका छन् ।सरकारी उच्च अधिकारीहरूले पनि स्पोन्सरसिप व्यवस्थामा छिट्टै परिवर्तन गर्न गइरहेको संकेतहरू दिन थालेका छन् । 'कतारमा काम गर्ने आप्रवासी कामदारलाई उनीहरूको अधिकार दिलाउन हामी प्रतिबद्ध छौं,' मे दिवसमा आयोजित एक औपचारिक कार्यक्रममा सम्बोधन गर्दै श्रम तथा सामाजिकमन्त्री डा. अब्दुल्लाहा सलेह मुबारक अल खुलाफीले भने, 'अहिले हामी केही मुख्य विषयमा अध्ययन गरिरहेका छौं । त्यसपछि औपचारिक घोषणा गर्दैछौं ।'कतारका परराष्ट्रमन्त्री डा. खालिद बिन मोहमद अल अत्तियाले 'विदेशी कामदारको बसाइ अवस्थामा' सुधार गर्न महत्त्वपूर्ण कदम चाल्न गइरहेका बताएका थिए । कतारको राष्ट्रिय मानव अधिकार समितिले सरकार स्पोन्सरसिप व्यवस्थाको सुधारका लागि गम्भीर भएको जनाउँदै आएको छ । ६ महिनाअघि समितिका अध्यक्ष अध्यक्ष डा. अलिबिन सिमाइखा अल मिर्रीले स्पोन्सरसिप व्यवस्थाको विषयमा अध्ययन गरी सुझाव पेस गर्न मन्त्रिपरिषद्ले विशेष समिति बनाएको जनाएका थिए । 'जानकारहरूका अनुसार छिट्टै यहाँको विदेशी कामदारले नयाँ स्पोन्सरसिप कानुन वा श्रम कानुन पाउनेछन् । जस अनुसार धरै विवादमा परेको एक्जिट पत्र हट्नेछ । 'दक्ष कामदार र प्रोफेसनलहरूले अर्को कम्पनीमा जागिर खान कम्पनीको एनओसी (सिफारिस वा सहमति) आवश्यक पर्दैन,' यहाँको स्थानीय पत्रिका पेनानसुलाले लेखेको छ । यस विषयले भने ९० प्रतिशत विदेशी कामदार नियन्त्रणमा राख्ने निजी क्षेत्रमा भने चिन्ता थपिएको छ ।

सुनसरीकी मधुसँग राजेश हमालको विवाह पक्का :- हमाल मधुसँग सल्लाह गरेर मात्र निर्णय लिन्छन्

सुनसरीकी मधुसँग राजेश हमालको विवाह पक्का :-

हमाल मधुसँग सल्लाह गरेर मात्र निर्णय लिन्छन् :-

.
.
.
अन्ततः राजेश हमालले विवाह गर्ने पक्का भएको छ । पहिले विराटनगर मोरङ हाल धरान सुनसरीकी मधु भट्टराईसँगको लामो अफेयर आगामी साता औपचारिक सम्बन्धमा परिणत हुन लागेको कुरा राजेश हमालले बताए । राजेश हमालले विवाह गर्दैनन् भन्ने धारणा बलियो हुँदै गएको स्थितिमा हमालको विवाह हुने निश्चित भएको हो । केही वर्षअघि पाँचतारे होटलमा आयोजित एक औपचारिक समारोहमा भेटिएकी मधुसँगको सामीप्यता बढ्दै गएपछि उनीहरूबीच प्रेम अंकुरण भएको थियो ।

साप्ताहिकले 'राजेशले फेला पारे गर्लफ्रेन्ड' शीर्षकको समाचार प्रकाशन गर्दै उनी र मधुबीचको अफेयरलाई पहिलोपटक सार्वजनिक गरेको थियो । विवाहका बारेमा पटक-पटक अनेकन प्रश्नको सामना गर्दै आएका महानायक हमालका अनुसार आपसमा बलियो प्रेम र समझदारी भएकाले नै सही समयमा उनीहरूले विवाह मिति तय गर्न लागेका हुन् ।

दुई सयजति चलचित्रमा अभिनय गरिसकेका हमाल नेपाली चलचित्र हेर्ने र नहेर्ने सबैका प्रिय नायक हुन् । उनको स्टारडम सधैं उदाहरणीय मानिन्छ । उमेरमा केही अन्तर भए पनि राजेश र मधुबीच बलियो समझदारी छ ।

लामो समय एक्लो जीवन बिताएका हमाल अहिले गर्लफ्रेन्डसँग सल्लाह गरेर मात्र निर्णय लिन्छन् । आफ्ना लागि उपयुक्त व्यक्ति फेला परेकाले मधुसँग वैवाहिक जीवन बिताउने सोच बनाएको हमालले साप्ताहिकसँग विशेष कुराकानी गर्दै जानकारी दिए ।

हमालका अनुसार आगामी बुधबार अर्थात वैशाख ३१ गते क्यान्डल लाइट डिनरमा उनले आफ्नै शैलीमा मधुसँग वैवाहिक सहयात्राका निम्ति औपचारिक प्रस्ताव राख्नेछन् र मधुले उनको प्रस्ताव स्वीकार गर्दै सहयात्राका निम्ति ग्रिन सिग्लन दिनेछिन् । उक्त डिनरमा हमालले विवाह प्रस्तावसँगै आफ्नी प्रेमिकालाई आमाको चिनो प्रदान गर्ने बताइन्छभने त्यही विवाहको सम्पूर्ण कार्यक्रम पनि तय हुनेछ । विवाह ठूलो स्वरूपमा नगर्ने मान्यतामा दुवै प्रेमी-प्रेमिकाको मत मिलेको छ । उनीहरू आफ्ना निम्ति सहज हुने गरी सामान्य विधि पूरा गरेर नयाँ जीवन सुरु गर्न चाहन्छन् ।

उनीहरूको विवाह भने जेठ महिनाको दोस्रो साताभित्र सम्पन्न हुनेछ । विवाहका लागि राजेश हमालका दिदी-बहिनीका साथै अन्य आफन्तहरू अमेरिकाबाट नेपाल आउने क्रम सुरु भैसकेको छ । बुबा-आमा दुवैको निधन भैसकेकाले हमाल विवाहमा जसरी पनि दिदी-बहिनीहरूलाई सहभागी गराउने पक्षमा थिए भने दिदी-बहिनीहरू पनि एक्लो जीवन बिताइरहेका हमालको विवाह भएको हेर्न चाहन्थे । हमालकी एक दिदी नेपालमै छिन् ।

व्यक्तिगत रूपमा आफू एउटाले विवाह नगर्दा केही फरक नपर्ने बताउने महानायक हमाल विवाहका बारेमा आममानिसभन्दा विपरीत धारणा राख्थे । उनी जीवनसाथीप्रति पूर्ण न्याय गर्न नसक्नेहरूको वैवाहिक जीवनका उदाहरण प्रस्तुत गर्थे । यद्यपि समय बित्दै गएपछि उनी विवाहका निम्ति आफू तयार भएको बताउन थाले । मधुसँगको सामीप्यतामा आफूले खोजेको 'सोलमेट' प्राप्त भएको अनुभूति गरेर नै महानायक हमाल वैवाहिक जीवनका निम्ति अग्रसर भएको बताउँछन् ।

आफ्नी प्रेमिकासम्बन्धी समाचार सार्वजनिक भए पनि उनले आफ्नो प्रेम सम्बन्धलाई नितान्त निजी र गोप्य राखे । यद्यपि केही सञ्चारमाध्यममा उनकी गर्लफ्रेन्डसम्बन्धी समाचार र तस्बिरहरू सार्वजनिक नभएका होइनन् । राजेशले विवाह ढिलो गर्नुमा ज्योतिषीको सल्लाह पनि एउटा कारण भएको बताइँदैं आएको थियो । ज्योतिषीले केही बाधा भएकाले सन् २०१४ वा विसं. २०७१ मा विवाह गर्न उपयुक्त भएको सुझाव दिएकाले पनि हमालले मधुसँग औपचारिक सम्बन्धमा गाँसिन केही ढिलाइ गरेका हुन् ।

यार्सागुम्बा : डोल्पाको साईकुवारी पाटनमा समूहमा यार्सागुम्बा टिप्न जाँदै

यार्सागुम्बा : डोल्पाको साईकुवारी पाटनमा समूहमा यार्सागुम्बा टिप्न जाँदै जाजरकोट, डोल्पा, रुकुम लगायतका जिल्लाका स्थानीयबासिन्दा । तस्वीरः हेमन्त केसी/रासस

डेड सय निजि स्कुल बन्द !!

डेड सय निजि स्कुल बन्द !!
काठमाडौं, वैशाख २६ – नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले देशैभरका डेढ सयभन्दा बढी निजी विद्यालयको प्रशासन तथा लेखा शाखामा तालाबन्दी गरेको छ ।
सर्वोच्च अदालतको आदेश विपरित निजी विद्यालयको छाता संगठन प्याबसनले शुल्क बृद्धि गरेकाले निजी विद्यालयका प्रशासन तथा लेखा शाखामा तालाबन्दी गरेको अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले जानकारी दिनुभयो ।
शुल्क बृद्धि फिर्ता लिनुपर्ने, संस्थागत विद्यालयका लागि तयार पारेको निर्देशिका पालना गर्नुपर्ने साथै निजी विद्यालयले वितरण गर्ने छात्रवृत्ति पारदर्शी हुनुपर्ने अखिल क्रान्तिकारीको माग छ । प्याबसनले आफ्ना माग सम्बोधन गर्न अटेर गरे अझ सशक्त ढंगमा अघि बढ्नेसमेत अध्यक्ष रसाइलीले चेतावनी दिनुभयो ।

भौतिक अभाबमा

भौतिक अभाबमा विधालय : अर्घाखाँची जिल्लाको नुवाकोट गाबिसको पानडाँडा स्थित श्री भगवती मावी । यहाँ विधार्थीको सन्ख्या राम्रो छ तर स्कुलमा पानी, शौचालय, खेल मैदानको अभाव देखिन्छ। स्कुल नजिकको जग्गा व्यक्तीका नाम भएकोले स्कुल कक्षा बढाउन सकिएको छैन । साथै पहिला पहिला यहाँका विधार्थीहरु ८,९,१० कक्षा पढने चिचौर जाने गर्थे । तस्बिर: अर्घाखाँची डट्कम, २०७१ बैशाख २५ बिहीवार

राजेश हमालको बिहे जेठ १४ गते


नायक राजेश हमालको विहेको मिति तय भएको छ। हमालले प्रेमीका मधु भट्टराईसँग => =>औपचारिक रुपमा विहे आगामी जेठ १४ गर्ने भएको उनी निकट स्रोतले जनाएको छ।
बिहेका लागि हमाल र मधु तयारी गरिरहेका छन् ।
स्रोतका अनु्सार उनको बिहेका लागि बोलाउने पाहुनाहरुको पनि लिस्ट तयार भइसकेको छ। बिहे कहाँ र कसरी गर्ने भन्नेबारे १-२ दिनभित्रै टुंगोमा पुग्ने छन् । सामान्य
पचास वर्षको पुुग्नै लागेका हमालले केही समय अघिमात्र उनले प्रेमीकाको फोटो सार्वजनिक गरेका थिए।
Powered by Blogger.