भिडियो हेर्न बक्समा क्लीक गर्नुहोला

Thursday, May 15, 2014

३० बर्षका भए फेसबुक मालिक, जान्नुहोस् जुकरवर्गका १२ रोचक तथ्य २०७१ जेठ १ गते फेसबुकका मालिक मार्क जुकरवर्ग मे १४ तारिखदेखि ३० बर्षमा लागेका छन् । सन् १९८४ मे १४ तारिखमा उनी न्यूयोर्कमा जन्मिएका थिए । ३० औं बसन्त अघि नै अर्बपतिको सूचीमा प्रवेश गर्ने मार्क एक्ला त हैनन तर यी यस्ता सिमित प्रबिधि बादशाह हुन जसको कामले संसारलाई बदलिदियो । १० बर्षअघि उनले थालेको ‘फेसबुक’ले सोसल मिडिया क्रान्ति ल्याउन सफल भयो । आउनुहोस उनै जुकुरवर्गबारे कमै थाहा भएका १२ तथ्यबारे जानकारी लिऔं । १. हारभर्ड ड्रपआउट मार्क हारभर्डमा पढाई बिचमै छाडेर बिजनेस थालेका थिए । उनले अमेरिकाको प्रख्यात बिश्वबिद्यालय हारभर्डमा अध्ययन गर्दाताका फेसम्यास नामको वेबसाइट बनाएका थिए जसले बिद्यार्थीको तस्वीरका आधारमा को आर्कषक छ भनेर आफ्नो भोट दिन पाउँथे । त्यसले खासै ख्याती बटुल्न नसकेपछि उनले फेब्रुअरी ४, २००४ मा द फेसबुक डटकम नामका सामाजिक संजाल सुरु गरे । सुरुवातमा फेसबुक बिश्वबिद्यालयका ग्राजुएटहरुको डाटाबेश राख्ने र आपसमा मित्रता कायम गर्ने थलोजस्तो मात्र थियो । सन् २००६ बाट मात्र यो सवैखाले प्रयोगकर्ताका लागि खुला गरिएको थियो । २. चोरीको बात मार्कमाथि बौद्धिक सम्पत्ति चोरीको बात लागेको थियो । हारभर्डमै पढ्ने बेला उनलाई हारभर्ड कनेक्सन नामक वेबसाइट निर्माणका लागि काममा लगाइएको थियो । तर, मार्कले त्यसको आइडिया लिएर निजी प्रोजेक्टको रुपमा द फेसबुक निर्माण गरेको उनलाई काम लगाएका क्यामरोन विनक्लोभ र दिब्य नरेन्द्रले आरोप लगाए । उनीहरुले मार्कविरुद्ध मुद्दा पनि हाले । पछि उनले साढे ६ करोड डलर दिएर यो मुद्दालाई समाधान गरेका थिए । ३. रंग छुट्टाउन सक्दैनन् जुकरवर्ग कलर ब्लाइन्ड छन् । उनले रातो र हरियो रंग चिन्न सक्दैनन् । जसका कारण फेसबुकमा निलो रंग निलोको बोलबाला छ । जुकरवर्ग छन्भन– मेरो लागि सवैभन्दा उत्तम रंग नै निलो हो, जुन मैले पुरै ठम्माउन सक्छु ।’ ४. माइक्रोसफ्ट र एओएलको जागिर अस्वीकार हाइस्कूल पढ्दै गर्दा जुकरवर्गले सिनेप्स नामको म्युजिक एप्स बनाएका थिए । त्यतिबेला माइक्रोसफ्ट र एओएलले जुकरवर्गलाई सो एप थप विस्तार गर्न र आफ्नो जागिर खान आउन लाखौं डलरको अफर गरेका थिए । तर, उनले जागिर खानुको सट्टा हारभर्ड बिश्वबिद्यालयमा भर्ना हुने बाटो रोजे । ५. म्याकडोनाल्ड बर्गरका पारखी बिश्वको नम्बर एक सोसल नेटवर्किङ साइटका अर्बपति मालिक म्याकडोनाल्डका पारखी हुन् । उनको प्रोफाइलमा जनाइएअनुसार उनलाई बर्गर मन पर्छ, लेडी गागा, बिकोन र केट पेरी उनलाई मनपर्ने सेलिब्रेटी हुन् । ६. घरमा टीभी छैन यहुदी परिवारमा जन्मिएका मार्कसँग आफ्नै टीभी सेट छैन् । उनी आफुलाई यस्ता वस्तुमा बिश्वास नभएको बताउँछन् । ७. झुर पहिरनमा नम्बर १ अर्वपति भइकन पनि जुकरवर्गको ड्रेस सेन्स राम्रो छैन् । उनी अक्सर जिन्स, टीसर्ट र चप्पलमा भेटिन्छन् । सन् २०११ मा त उनी सिलिकन भ्यालीका सवैभन्दा खराव परिहनवाला ब्यक्तिको सूचीको पहिलो नम्बरमा थिए । ८. आफ्नै स्टाफसँग बिबाह जुकरवर्गले सन् २०१२ मा लामो समयदेखिकी प्रेमिका प्रसिला चानसँग बिबाह गरे । चान सन् २००४ मा फेसबुक सार्वजनिक भएको दोस्रो दिन फेसबुकमा जागिर खान पुगेकी थिइन् । ९. २३ बर्षको उमेरमा कान्छो अर्बपति सन् २००८ मा जुकरवर्ग संसारकै कान्छा अर्बपतिका रुपमा सूचीकृत

३० बर्षका भए फेसबुक मालिक, जान्नुहोस् जुकरवर्गका १२ रोचक तथ्य
२०७१ जेठ १ गते

फेसबुकका मालिक मार्क जुकरवर्ग मे १४ तारिखदेखि ३० बर्षमा लागेका छन् । सन् १९८४ मे १४ तारिखमा उनी न्यूयोर्कमा जन्मिएका थिए ।
३० औं बसन्त अघि नै अर्बपतिको सूचीमा प्रवेश गर्ने मार्क एक्ला त हैनन तर यी यस्ता सिमित प्रबिधि बादशाह हुन जसको कामले संसारलाई बदलिदियो ।
१० बर्षअघि उनले थालेको ‘फेसबुक’ले सोसल मिडिया क्रान्ति ल्याउन सफल भयो । आउनुहोस उनै जुकुरवर्गबारे कमै थाहा भएका १२ तथ्यबारे जानकारी लिऔं ।
१. हारभर्ड ड्रपआउट
मार्क हारभर्डमा पढाई बिचमै छाडेर बिजनेस थालेका थिए । उनले अमेरिकाको प्रख्यात बिश्वबिद्यालय हारभर्डमा अध्ययन गर्दाताका फेसम्यास नामको वेबसाइट बनाएका थिए जसले बिद्यार्थीको तस्वीरका आधारमा को आर्कषक छ भनेर आफ्नो भोट दिन पाउँथे । त्यसले खासै ख्याती बटुल्न नसकेपछि उनले फेब्रुअरी ४, २००४ मा द फेसबुक डटकम नामका सामाजिक संजाल सुरु गरे ।
सुरुवातमा फेसबुक बिश्वबिद्यालयका ग्राजुएटहरुको डाटाबेश राख्ने र आपसमा मित्रता कायम गर्ने थलोजस्तो मात्र थियो । सन् २००६ बाट मात्र यो सवैखाले प्रयोगकर्ताका लागि खुला गरिएको थियो ।
२. चोरीको बात
मार्कमाथि बौद्धिक सम्पत्ति चोरीको बात लागेको थियो । हारभर्डमै पढ्ने बेला उनलाई हारभर्ड कनेक्सन नामक वेबसाइट निर्माणका लागि काममा लगाइएको थियो । तर, मार्कले त्यसको आइडिया लिएर निजी प्रोजेक्टको रुपमा द फेसबुक निर्माण गरेको उनलाई काम लगाएका क्यामरोन विनक्लोभ र दिब्य नरेन्द्रले आरोप लगाए । उनीहरुले मार्कविरुद्ध मुद्दा पनि हाले । पछि उनले साढे ६ करोड डलर दिएर यो मुद्दालाई समाधान गरेका थिए ।
३. रंग छुट्टाउन सक्दैनन्
जुकरवर्ग कलर ब्लाइन्ड छन् । उनले रातो र हरियो रंग चिन्न सक्दैनन् । जसका कारण फेसबुकमा निलो रंग निलोको बोलबाला छ । जुकरवर्ग छन्भन– मेरो लागि सवैभन्दा उत्तम रंग नै निलो हो, जुन मैले पुरै ठम्माउन सक्छु ।’
४. माइक्रोसफ्ट र एओएलको जागिर अस्वीकार
हाइस्कूल पढ्दै गर्दा जुकरवर्गले सिनेप्स नामको म्युजिक एप्स बनाएका थिए । त्यतिबेला माइक्रोसफ्ट र एओएलले जुकरवर्गलाई सो एप थप विस्तार गर्न र आफ्नो जागिर खान आउन लाखौं डलरको अफर गरेका थिए । तर, उनले जागिर खानुको सट्टा हारभर्ड बिश्वबिद्यालयमा भर्ना हुने बाटो रोजे ।
५. म्याकडोनाल्ड बर्गरका पारखी
बिश्वको नम्बर एक सोसल नेटवर्किङ साइटका अर्बपति मालिक म्याकडोनाल्डका पारखी हुन् । उनको प्रोफाइलमा जनाइएअनुसार उनलाई बर्गर मन पर्छ, लेडी गागा, बिकोन र केट पेरी उनलाई मनपर्ने सेलिब्रेटी हुन् ।
६. घरमा टीभी छैन
यहुदी परिवारमा जन्मिएका मार्कसँग आफ्नै टीभी सेट छैन् । उनी आफुलाई यस्ता वस्तुमा बिश्वास नभएको बताउँछन् ।
७. झुर पहिरनमा नम्बर १
अर्वपति भइकन पनि जुकरवर्गको ड्रेस सेन्स राम्रो छैन् । उनी अक्सर जिन्स, टीसर्ट र चप्पलमा भेटिन्छन् । सन् २०११ मा त उनी सिलिकन भ्यालीका सवैभन्दा खराव परिहनवाला ब्यक्तिको सूचीको पहिलो नम्बरमा थिए ।
८. आफ्नै स्टाफसँग बिबाह
जुकरवर्गले सन् २०१२ मा लामो समयदेखिकी प्रेमिका प्रसिला चानसँग बिबाह गरे । चान सन् २००४ मा फेसबुक सार्वजनिक भएको दोस्रो दिन फेसबुकमा जागिर खान पुगेकी थिइन् ।

९. २३ बर्षको उमेरमा कान्छो अर्बपति
सन् २००८ मा जुकरवर्ग संसारकै कान्छा अर्बपतिका रुपमा सूचीकृत भएका थिए जतिबेला उनको उमेर २३ बर्षको मात्र थियो । फोब्र्सको अर्बपति सूचीमा उनी पहिलोपटक ७८५ नम्बरमा परेका थिए ।
१०. बर्षमा १ डलर तलव
मार्क जुकरवर्गले सन् २०१२ मा प्रमुख कार्यकारी अधिकृतका रुपमा ५ लाख ३ हजार डलर तलव बुझेका थिए । तर, सन् २०१३ मा उनले अनौठो निर्णय गरे । उनले आफ्नो तलव घटाएर बर्षको एक डलरमा सिमित गरे । यस्तो निर्णय गर्ने उनी एक्लो भने हैनन् । यसअघि नै बर्षको एक डलर तलव लिने सिइओको क्लवमा एप्पल सिइओ स्टिभ जब्स र गुगल संस्थापकहरु ल्यारी पेज र सर्गेइ ब्रिन छिरिसकेका थिए ।
बर्षका एक डलर तलब भए पनि उनलाई खासै चिन्ता छैन् । किनभने उनीसँग अहिले पनि करिव २५ अर्ब अमेरिकी डलर बराबरको सेयर फेसबुक कम्पनीमा छ, जहाँबाट उनले बार्षिक करोडौैं डलर लाभांस पाउँछन् ।
११. बिशेष सुरक्षा
फेसबुकले जुकरवर्गलाई बिशेष सुरक्षाका लागि खर्च उपलब्ध गराउँछ । उनको आफ्नो निवास र कार्यालयमा पनि बिशेष सुरक्षा प्रबन्ध गरिएको छ जसको सम्पूर्ण खर्च फेसबुकले बेहोर्छ । फेसबुकका लागि जुकरवर्ग सवैभन्दा महत्वपूर्ण भएकाले उनलाई बिशेष सुरक्षाका लागि खर्च गरिएको कम्पनीले जनाएको छ ।
१२. कुकुरका १८ लाख फ्यान
जुकरवर्गसँग टीभी नभएपनि उनी कुकुरका भने शौखिन छन् । उनीसँग बिस्ट नामको एक कुकुर छ जसको फेसबुक फ्यानमात्रै १८ लाख छन् ।

Wednesday, May 14, 2014

इजरायलको जेरुशलेममा निजी कारको ठक्करबाट एक नेपाली महिला गम्भिर घाइते हदासा एन्केरेन अस्पतालको इमर्जेन्सी वार्डमा मृत्युसँग संघर्ष गर्दै

इजरायलको जेरुशलेममा निजी कारको ठक्करबाट एक नेपाली महिला गम्भिर घाइते
हदासा एन्केरेन अस्पतालको इमर्जेन्सी वार्डमा मृत्युसँग संघर्ष गर्दै

रोजगारीको शिलशिलामा इजरायलको जेरुशलेममा कार्यरत अन्दाजी ३०/३२ बर्षिया एक नेपाली महिला निजी कारको ठक्करबाट गम्भिर घाइते भएकी छिन् ।
करिव ८ बर्षअघि रोजगारीकालागि इजरायल प्रवेश गरेकी काठमाण्डौको गंगवु निवासी विष्णुमाया आचार्य नाम गरेकी महिला लामो समयदेखि लिभआउट केयरगिभरको रुपमा कार्यरत थिइन । नियमित रुपमा आफ्नो काममा जाने क्रममा आज विहान करिव ९ बजे सडक पेटीमा हिड्दै गरेको अवस्थामा निजी कार सडक पेटीमै चढेर आचार्यलाई ठक्कर दिएको प्रत्यक्षदर्शी स्थानिय वासिन्दालाई उदृत गर्दै नेपाली नारी आवाज इजरायलकी अध्यक्ष अम्विका क्षेत्रीले नेपाल इजरायल डट नेटलाई जानकारी दिनुभयो ।
घाइतेको अवस्था अत्यन्तै गम्भिर र चिन्ताजनक रहेको वताइएको छ । उनको टाउकोमा गम्भिर चोट लाग्दा मस्तिष्कमा अत्याधिक रक्तश्राव भइरहेको छ भने करङको हाड भाँचिएर फोक्सो र कलेजोमा समेत गम्भिर चोट लागेको छ त्यस्तै ढाड पनि भाँचिएको उनको उपचारमा संलग्न चिकित्सक प्रोफेसर स्पोनलाई उदृत गर्दै समाजसेवी क्षेत्रीले जानकारी दिनुभयो ।
आचार्यलाई गाडीले ठक्कर दिएपछी स्थानिय वासिन्दाको सहयोगमा एम्वुलेन्स मार्फत हदासा एन्केरेन अस्पताल पुर्याइएको थियो । अहिले ठक्कर दिने गाडी र चालक इजरायल प्रहरीको नियन्त्रणमा रहेको थाहा हुन आएको छ ।
घाइते विष्णुमाया आचार्य हाल हदासा एन्केरेन अस्पतालको इमर्जेन्सी वार्डमा मृत्युसँग संघर्ष गर्दै कोमामा रहेको चिकित्सकले बताएका छन् । चिकित्सकले उनको शरिरबाट अत्याधीक रक्तश्राव भइऱहेको जनाउदै अवस्था अत्यन्तै गम्भिर रहेको बताएका छन् ।
विष्णुमाया आचार्यलाई गाडिले ठक्कर दिएको र अस्पताल पुर्याइएको जानकारी पाएपछी नेपाली नारी आवाज इजरायलकी अध्यक्ष अम्विका क्षेत्री र कार्यकारी सदस्य इश्वरी थापा हदासा एन्केरेन अस्पताल पुगेका छन् ।
हामी घाइते आचार्यको सिघ्र स्वास्थ्य लाभको कामना गर्दैछौं

Tuesday, May 13, 2014

विदेशबाट फर्केकाले कत्रो टिभी कर नतिरी ल्याउन पाइन्छ? यसपालिको बजेटले विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनका सम्बन्धमा नयाँ .

विदेशबाट फर्केकाले कत्रो टिभी कर नतिरी ल्याउन
पाइन्छ?
यसपालिको बजेटले विदेशबाट फर्किएकाले ल्याउने
टेलिभिजनका सम्बन्धमा नयाँ
=>
=>
=>
=> व्यवस्था गरेको छ। यस
अन्तर्गत अब वैदेशिक रोजगारमा गई कम्तिमा एकवर्ष
काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको ३०
इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट
दिइनेछ। यसका लागि तपाईँ वैदेशिक
रोजगारमा गएरफर्किएको हुनुपर्छ। पढ्नलाई विदेश
गएको वा एनआरएनले टिभी ल्याएमा करमहसूल छुट हुने
छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख
राखिनेछ। यस्तो सुविधा एकपटकका लागि मात्र
दिइनेछ। त्योभन्दा ठूलो टिभी वा वैदेशिक
रोजगारमा नगएकाहरुले ल्याएको टिभीमा कति कर लाग्छ
त ?
एलसिडी, प्लाज्मा वा एलइडी टिभी हो भने भन्सार
महसुल, अन्तःशुल्क, भ्याट नलगाई निम्न
अनुसारको एकमुष्ट रकम भन्सार महसुल वापत असुल
गरिन्छ-
२२इञ्चसम्मको- प्रति इञ्च १५०रुपियाँ
२३देखि २९इञ्चसम्मको- प्रति इञ्च २५०रुपियाँ
३०देखि ३२इञ्चसम्मको- प्रति इञ्च ४००रुपियाँ
३३देखि ३९इञ्चसम्मको- प्रति इञ्च ५००रुपियाँ
४०देखि ४९इञ्चसम्मको- प्रति इञ्च ५५०रुपियाँ
५०र सोभन्दा माथिको- प्रति इञ्च १२००रुपियाँ
यो दर छ
महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो।
६महिना वा त्योभन्दा कम विदेशमा बसी फर्कनेले
ल्याएको टिभीमा माथिको शुल्कमा प्रति इञ्च
५०रुपियाँ थपहुन्छ।
मानौँ तपाईँले ३२इञ्चको टिभी ल्याउनु भयो र तपाईँ
विदेशमा छ महिनाभन्दा बढी बसेर फर्कनुभएको छ भने
तपाईँले कूल ४००X३२=१२हजार ८ सय तिर्नुपर्यो। छ
महिना वा त्योभन्दा कम विदेश बसेर फर्कनुभएको छ
भने १४हजार ४सय तिर्नुपर्ंयो।
त्यसैगरी ६०इञ्चको ठूलो टिभी ल्याउनुभएको छ भने छ
महिनाभन्दा बढी बस्नेले ६०X१२००= ७२हजार शुल्क
तिर्नुपर्यो। छ महिनासम्म विदेश बसेकाले भने ७५हजार
तिर्नुपर्यो।
नेपालमै चाहिँ यस्ता टिभीको भाउ कति पर्छ ?
भाटभटेनी अनलाइनमा चेक गर्नुस्।
अरुके के ल्याउन पाइन्छ ?
सरकारले २०६५कात्तिक १
मा राजपत्रमा सूचना प्रकाशित गरे अनुसार
यस्तो सामानलाई भन्सार लाग्दैन
बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः
(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली
नागरिक विदेशमा गईनेपाल फर्कदा व्यक्तिगत
प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै
मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिर्छ्यौना, घर
गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले
ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग
गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म,
चाँदी तथा चाँदीको गहना पाँचसय
ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात
जडित साथमा ल्याएको
गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर
मोवाइल फोन, पेन ड्राइभ एकएक
थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एकएक
थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य
प्रकारका सामानहरु एक एकथान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य
यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद
सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन
सेट, गवैयाको
सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला,
जस्ता सामानहरु)।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार।
(झ) मदिरा १.१५लिटरसम्मको बोतल एक।
तर यात्रुले ल्याउन पाउने
आफ्नो निजी व्यवहारका खण्ड (झ) मा
उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित
अन्य सामानहरु कुनै यात्रुले
माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था,
परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई
ध्यानमा राखी भन्सार
कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन
सक्नेछ। खण्ड (झ) मा उल्लिखित
मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण
जति जफत हुनेछ।
(क)भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक
अन्य विदेशी मुलुकमा छ
महिनाभन्दा बढी अवधि व्यतित
गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा
ल्याएको एकसेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।
(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग
गरेका लत्ता कपडाहरु
हुलाक पुलिन्दाबाट
पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट
हुनेछ।
(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त
वा परिवारका सदस्यलाई
उपदफा (२) बमोजिमका सामानमध्ये अमेरिकी डलर
दुईसयपचाससम्मको
सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार
महसुल लगाई
जाँचपास गर्न सकिनेछ।
(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय
बसी फर्किने नेपाली यात्रुलाई
तीनसय पचास ग्रामसम्म सुन र एककिलोग्रामसम्म
चाँदी (गरगहना
समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।
(ङ) चुरोट दुइसयखिल्लीसम्म वा सिगार पचास
खिल्लीसम्म दरवन्दी बमोजिम
लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ।
यसमा तोकिएको परिमाणभन्दा
वढी चुरोट वा सिगार
ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार
महसुलमा शतप्रतिशत थपभन्सार महसुल समेतअसुल
गरी जाँचपास गर्न
सकिनेछ।
(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु
भएको भन्ने प्रमाणित
भएमा निज र
निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका
सामानहरु (सवारी साधन बाहेक)
स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल
छुट हुनेछ।
(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई
निवृत्तभरण पाउने गरी स्वदेश
फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक
पटकको लागि तीस हजार
रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु
(सवारी साधन, हात
हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु
बाहेक) ल्याएमा
सम्पूर्ण महसुल छुट हुनेछ।
(ज) सेमिनार, अध्ययन, अनुसन्धान
तथा शोधकार्यको लागि विदेश
ओहोरदोहोर गर्ने नेपाली नागरिकले
आफ्नो साथमा ल्याउने लैजाने एक
थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई
ल्याउन लैजान
दिइनेछ...

फिल्म नपाएपछि प्रायः सबै कलाकारले भन्ने वाक्य एउटै हुन्छ, 'अफर त more

फिल्म नपाएपछि प्रायः सबै कलाकारले भन्ने वाक्य एउटै हुन्छ, 'अफर त => आइरहेको छ तर चित्तै बुझेको छैन।' अभिनेत्री सगुन शाहीको मुखमा अहिले यही वाक्य झुन्डिएको छ। पहिलो फिल्म ढुवानी रिलिज भएको नौ महिना बितिसक्दा पनि उनले अर्को फिल्म पाएकी छैनन्। ढुवानीमा सोझी युवतीको भूमिकामा देखिए पनि सेक्सी फिल्म खेल्ने इच्छा रहेको भनाइ सार्वजनिक गरनि्। जसका कारण उनको इमेज बिगि्रयो र उनलाई अभिनय गराउने मुडमा रहेका केही निर्माता/निर्देशक पनि बिच्किए। यसरी फिल्मविहीन भएकाले अफर आए पनि आफूले नलेखेको फुर्ती लगाउन उनका लागि बाध्यता बन्यो।

अर्को रमाइलो कुरा के छ भने फिल्म रजिेक्ट गरेको गफ दिने उनी लोकगीतको भिडियोमा कम्मर मर्काइरहेकी छन्। केही समयअगाडि भद्रगोल भन्ने हास्य टेलिफिल्ममा पनि देखिएकी थिइन्। नाच्नका लागि दुबई पुगिन्। तर पनि फुर्तीचाहिँ अझ घटेको छैन।

Sunday, May 11, 2014

प्रहरीकै सिक्री लुटियो प्रतिमा बाँस्कोटा काठमाडौं, वैशाख २९ - सर्वसाधारणको सिक्री लुटेर हैरान पारिरहेका बेला राजधानीमा एक महिला प्रहरीले लगाएको गहना लुटिएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कार्यररत प्रहरी हवल्दार सीता उप्रेतीले लगाएको २ तोलाको सिक्री शनिबार साँझ लुटेराले लखेटीलखेटी थुतेर लगेका हुन् । दिउँसो १२ बजे देखी ६ बजेसम्मको ड्युटी सकेर बालाजु घर फर्किदै गरेकी उनको स्कुटरलाई धक्का दिएर लडाउने प्रयास गर्दै लुटिएको हो । उनका अनुसार गंगा हलबाट माच्छापोखरी निस्कने बाटोको सुनसान स्थानमा स्कुटरलाई धक्का दिइएको थियो । सुरुमा त उनी झुक्किएर धक्का दिएको होला भन्दै अघि बढिन् । 'अघि जादै गर्दा मेरो साईडबाट आएको मोटरसाइकल मसंगसंगै हिड्यो,' उनले सुनाइन् 'अलिपर पुगेपछि एक्सिलेटर घुमाउने दाहिने हातमा झटा दिएपछि मैले कुदाउन सकिन ।' हातमा हानेपछि मोटरसाईकल चालकलाई गाली गर्न ऊतर्फ फर्किदा घाँटीको सिक्रि समातेको उनले बताईन् । 'एक हातले मेरो सिक्रि समात्दै अर्को हातले मोटरसाईकल कुदायो,' उनले भनिन् 'मैले छोड छोड भन्दै स्कुटर उसको पछिपछि कुदाएँ ।' केहि पर पुगेपछि आफ्नो सिक्रि गलाबाट छिनेर उसको हातमा पुगेको उनले सुनाईन् । नम्बर प्लेट छोपिएको निलो मोरटसाइकलमा आएका लुटेराले घाँटीको सिक्रीमा हात राखेर छिनाएर लगेको उनले बताइन् । घटना लगत्तै प्रहरीको कन्ट्रोल कक्षमा खबर गरेकी थिईन् । त्यसपछि आएको प्रहरीले खोजतलास गरेपनि लुटेरालाई फेला पार्न सकेन । लैनचौरको मुख्य सडकमा नम्बर नखुलेको पल्सर मोटरसाईकलमा आएका व्यक्तिहरुले शनिबार साँझ साढे ६ बजे पैदल यात्री मीना तुलाधरले लगाएको झण्डै ७ तोलाको सिक्रि लुटेर फरार भएको प्रहरीले जनाएको छ । यस्तै एक साता अघि बालाजु क्षेत्रमा नै स्कुटरमा आएकी एक युवतीलाई ठक्कर दिएर लुटेराले उनले लगाएको सिक्रि लुटेर भागेका थिए । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले सुन लुटिनु काठमाडौको मुख्य समस्या भएको बताउँदै त्यसलाई नियन्त्रणमा लिन लागि परेको बताए । 'हाम्रो टाउको दुखाईको विषय बनेको छ,' उनले भने 'यस्ता समूहलाई नियन्त्रणमा नलिएसम्म सुन थुत्ने कम हुने देखिदैन ।' उनका अनुसार राजधानीमा ३ देखी ४ वटा यस्ता समुह छन् । जो गलत नम्बर प्लेट मोटरसाईकलमा टाँसेर सिक्रि थुत्छन् र अलि पर पुगेपछि आएर लुटा राखेको नम्बर प्लेट निकालेर हिड्छन् । केहि दिनअघि बालाजुमा यसरी नै लुटेर भाग्ने मध्येका एक केदारबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको केही दिनमा महानगरीय प्रहरी अपराध महाशाखाले सुन थुत्नेमा मुख्य भुमिका निर्वाह गर्ने बाबु भन्ने हेम दोर्जेलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार, दुबैजना पेशेवर लुटेरा हुन् । दोर्जे यसअघि पनि विभिन्न सुन थुत्नेका घटनामा संलग्न भएको प्रहरीको भनाई छ । यिनीहरुले कपन बाहेक कालिमाटी लगायतका अन्य क्षेत्रमा समेत लुटपाट गरेका घटना भेटिएका छन् । पछिल्लो २७ दिनमा राजधानीमा १४ जना महिलाको घाँटीमा लगाएको नम्बर नखुलेको मोटरसाईकलमा आउने र सडकमा हिंड्ने वा स्कुटर चलाउने

प्रहरीकै सिक्री लुटियो

प्रतिमा बाँस्कोटा
काठमाडौं, वैशाख २९ - सर्वसाधारणको सिक्री लुटेर हैरान पारिरहेका बेला राजधानीमा एक महिला प्रहरीले लगाएको गहना लुटिएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कार्यररत प्रहरी हवल्दार सीता उप्रेतीले लगाएको २ तोलाको सिक्री शनिबार साँझ लुटेराले लखेटीलखेटी थुतेर लगेका हुन् ।

दिउँसो १२ बजे देखी ६ बजेसम्मको ड्युटी सकेर बालाजु घर फर्किदै गरेकी उनको स्कुटरलाई धक्का दिएर लडाउने प्रयास गर्दै लुटिएको हो । उनका अनुसार गंगा हलबाट माच्छापोखरी निस्कने बाटोको सुनसान स्थानमा स्कुटरलाई धक्का दिइएको थियो । सुरुमा त उनी झुक्किएर धक्का दिएको होला भन्दै अघि बढिन् । 'अघि जादै गर्दा मेरो साईडबाट आएको मोटरसाइकल मसंगसंगै हिड्यो,' उनले सुनाइन् 'अलिपर पुगेपछि एक्सिलेटर घुमाउने दाहिने हातमा झटा दिएपछि मैले कुदाउन सकिन ।'

हातमा हानेपछि मोटरसाईकल चालकलाई गाली गर्न ऊतर्फ फर्किदा घाँटीको सिक्रि समातेको उनले बताईन् । 'एक हातले मेरो सिक्रि समात्दै अर्को हातले मोटरसाईकल कुदायो,' उनले भनिन् 'मैले छोड छोड भन्दै स्कुटर उसको पछिपछि कुदाएँ ।' केहि पर पुगेपछि आफ्नो सिक्रि गलाबाट छिनेर उसको हातमा पुगेको उनले सुनाईन् ।

नम्बर प्लेट छोपिएको निलो मोरटसाइकलमा आएका लुटेराले घाँटीको सिक्रीमा हात राखेर छिनाएर लगेको उनले बताइन् । घटना लगत्तै प्रहरीको कन्ट्रोल कक्षमा खबर गरेकी थिईन् । त्यसपछि आएको प्रहरीले खोजतलास गरेपनि लुटेरालाई फेला पार्न सकेन । लैनचौरको मुख्य सडकमा नम्बर नखुलेको पल्सर मोटरसाईकलमा आएका व्यक्तिहरुले शनिबार साँझ साढे ६ बजे पैदल यात्री मीना तुलाधरले लगाएको झण्डै ७ तोलाको सिक्रि लुटेर फरार भएको प्रहरीले जनाएको छ । यस्तै एक साता अघि बालाजु क्षेत्रमा नै स्कुटरमा आएकी एक युवतीलाई ठक्कर दिएर लुटेराले उनले लगाएको सिक्रि लुटेर भागेका थिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले सुन लुटिनु काठमाडौको मुख्य समस्या भएको बताउँदै त्यसलाई नियन्त्रणमा लिन लागि परेको बताए । 'हाम्रो टाउको दुखाईको विषय बनेको छ,' उनले भने 'यस्ता समूहलाई नियन्त्रणमा नलिएसम्म सुन थुत्ने कम हुने देखिदैन ।' उनका अनुसार राजधानीमा ३ देखी ४ वटा यस्ता समुह छन् । जो गलत नम्बर प्लेट मोटरसाईकलमा टाँसेर सिक्रि थुत्छन् र अलि पर पुगेपछि आएर लुटा राखेको नम्बर प्लेट निकालेर हिड्छन् ।

केहि दिनअघि बालाजुमा यसरी नै लुटेर भाग्ने मध्येका एक केदारबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको केही दिनमा महानगरीय प्रहरी अपराध महाशाखाले सुन थुत्नेमा मुख्य भुमिका निर्वाह गर्ने बाबु भन्ने हेम दोर्जेलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार, दुबैजना पेशेवर लुटेरा हुन् । दोर्जे यसअघि पनि विभिन्न सुन थुत्नेका घटनामा संलग्न भएको प्रहरीको भनाई छ । यिनीहरुले कपन बाहेक कालिमाटी लगायतका अन्य क्षेत्रमा समेत लुटपाट गरेका घटना भेटिएका छन् । पछिल्लो २७ दिनमा राजधानीमा १४ जना महिलाको घाँटीमा लगाएको नम्बर नखुलेको मोटरसाईकलमा आउने र सडकमा हिंड्ने वा स्कुटर चलाउने महिलाको सिक्री लुटेर भाग्ने गरेका छन् ।

जहाजबाट हेर्दा

जहाजबाट हेर्दा : कतारको दोहाबाट काठमाडौंको लागि उडेको कतार एयरवेजको जहाजबाट देखिएको सुन्दर धादिङ / काठमाडौंको थानकोट माथि लगायत । कतार एयरवेजले हप्तामा दोहा - काठमाडौं रुटमा २१ वटा जहाज उडाउने गरेको छ। तस्बिर: अर्घाखाँची डट्कम, २०७१ बैशाख २८ आईताबार

Saturday, May 10, 2014

the secret of girls in hostel /most watch

the secret of girls in hostel /most watch .......(video)

Click here >

घाइते पत्रकार गिरीलाई सहकर्मीको सहयोग २७ बैशाख, नेपालगन्ज । सडक दुर्घटनामा परी गम्भीर घाईते भएका नेपालगन्जका पत्रकार नविन गिरिको उपचारको लागि सहकर्मीबाट सहयोग जुट्न थालेको छ । द हिमालयन टाइम्स्का समाचारदाता तथा शाखाका केन्द्रीय पमर्षद दामोदर भण्डारील

घाइते पत्रकार गिरीलाई सहकर्मीको सहयोग

२७ बैशाख, नेपालगन्ज । सडक दुर्घटनामा परी गम्भीर घाईते भएका नेपालगन्जका पत्रकार नविन गिरिको उपचारको लागि सहकर्मीबाट सहयोग जुट्न थालेको छ ।
द हिमालयन टाइम्स्का समाचारदाता तथा शाखाका केन्द्रीय पमर्षद दामोदर भण्डारीले घाइते पत्रकार गिरीको उपचारका लागि ५ हजार प्रदान गरेका छन् ।
Help For Nabin Giriपत्रकार भण्डारीले शनिवार नेपाल पत्रकार महासंघ बांके शाखामार्फत गिरीलाई रकम प्रदान गरेका हुन् । शनिवार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष रुद्र सुवेदीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
रकम लिदै अध्यक्ष सुवेदील गिरीको उपचारमा सहयोग पुर्‍याउन सबै पत्रकार तथा संघ संस्थाहरुलाई आग्रह गरे । गिरीले उपचार गराउँदै आएको कठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर शाखाबाट १० हजार रुपैयाँ हस्तान्त्रण गरेको बताए ।
केही हप्ताअघि दाङ्गस्थित घर गएका पत्रकार गिरीलाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । उनको खुट्टा र हातमा गम्भीर चोट लागेको छ । उपचारका लागि १५ लाख रुपैयाँ लाग्ने भएकाले सहकर्मी पत्रकारहरुले रकम संकलन गरिरहेका छन् ।

Friday, May 9, 2014

कतार मा रहनु भएको सम्पुण नेपाली दिदी भाई दाजु बोहीनी को लागि सुबरण अबसर आयो

कतार मा रहनु भएको सम्पुण नेपाली दिदी भाई दाजु बोहीनी को लागि सुबरण अबसर आयो ...............। दोहा, वैशाख २२ - कतार सरकारले विदेशी कामदारलाई बिनारोकटोक स्वदेश फिर्न पाउने (एक्जिट पत्र) सहितको 'स्पोन्सरसिप' व्यवस्थामा सुधार गर्ने भएको छ । वर्तमान व्यवस्थाअनुसार कम्पनीले अनिवार्य देश वा कम्पनी छाड्ने 'एक्जिट पत्र' नदिएसम्म कामदारले कतार छोड्न पाउँदैनन् ।स्पोन्सरसिपअन्तर्गतकै एउटा करार अवधि सकिएपछि अर्को कम्पनीमा काम गर्न जान पाउने तयारी कतारी सरकारले गरिरहेको अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले बताएका छन् । हाल कामदारले अर्को काममा जानुपरेमा काम गरिरहेको कम्पनीको सहमति र सिफारिस अनिवार्य छ । कम्पनी छाडेर गएमा दुई वर्षसम्म कतार आउन नपाउने स्थिति छ ।हालै कतारको भ्रमणमा न्युयोर्कबाट आइपुेका 'ह्युमन राइट्स वाच' को दाबीअनुसार कतारी उच्च अधिकारीहरूले समयतालिका सहित कतारले स्पोन्सरसिप व्यवस्थामा सुधार गर्न गइरहेको छ । 'यो परिवर्तन न्यूनतम आधार एक्जिट परमिट हटाउनेबाट सुरु हुनेछ । कतारसँगको काम गर्ने सम्बन्धको आधारमा भन्ने हो भने उसले आशाजनक सुधार गर्दैछ,' ह्युमन राइट्स वाचका मध्यपूर्व परामर्शदाता निकोलास मिकघिहानले भनेका छन्, 'जुन परिवर्तन देखिने गरी हुनेछ । स्पोन्सरसिप व्यवस्थामा सुधारबाट कतारले नै फाइदापुग्नेछ ।'अन्तर्राष्ट्रिय अधिकारवादीहरूले स्पोन्सरसिप व्यवस्था हटाउन दबाब दिँदै आएपछि कतारले सुधार गरी स्पोन्सरसिप व्यवस्था ल्याउन लागेको हो । १८ लाख विदेशी नागरिक रहेको कतारमा कस्तो प्रकारले स्पोन्सरसिप व्यवस्थामा परिवर्तन आउँदै छ भन्ने विषय सबैका लागि कौतुहलताको विषय बनेको छ । निजी क्षेत्र र स्थानीय नागरिकले भने 'सम्मानजनक स्वार्थ' मा अन्तर्राष्ट्रिय समुदायले सहमति जनाइदिनुपर्नेमा जोड दिन थालेका छन् ।सरकारी उच्च अधिकारीहरूले पनि स्पोन्सरसिप व्यवस्थामा छिट्टै परिवर्तन गर्न गइरहेको संकेतहरू दिन थालेका छन् । 'कतारमा काम गर्ने आप्रवासी कामदारलाई उनीहरूको अधिकार दिलाउन हामी प्रतिबद्ध छौं,' मे दिवसमा आयोजित एक औपचारिक कार्यक्रममा सम्बोधन गर्दै श्रम तथा सामाजिकमन्त्री डा. अब्दुल्लाहा सलेह मुबारक अल खुलाफीले भने, 'अहिले हामी केही मुख्य विषयमा अध्ययन गरिरहेका छौं । त्यसपछि औपचारिक घोषणा गर्दैछौं ।'कतारका परराष्ट्रमन्त्री डा. खालिद बिन मोहमद अल अत्तियाले 'विदेशी कामदारको बसाइ अवस्थामा' सुधार गर्न महत्त्वपूर्ण कदम चाल्न गइरहेका बताएका थिए । कतारको राष्ट्रिय मानव अधिकार समितिले सरकार स्पोन्सरसिप व्यवस्थाको सुधारका लागि गम्भीर भएको जनाउँदै आएको छ । ६ महिनाअघि समितिका अध्यक्ष अध्यक्ष डा. अलिबिन सिमाइखा अल मिर्रीले स्पोन्सरसिप व्यवस्थाको विषयमा अध्ययन गरी सुझाव पेस गर्न मन्त्रिपरिषद्ले विशेष समिति बनाएको जनाएका थिए । 'जानकारहरूका अनुसार छिट्टै यहाँको विदेशी कामदारले नयाँ स्पोन्सरसिप कानुन वा श्रम कानुन पाउनेछन् । जस अनुसार धरै विवादमा परेको एक्जिट पत्र हट्नेछ । 'दक्ष कामदार र प्रोफेसनलहरूले अर्को कम्पनीमा जागिर खान कम्पनीको एनओसी (सिफारिस वा सहमति) आवश्यक पर्दैन,' यहाँको स्थानीय पत्रिका पेनानसुलाले लेखेको छ । यस विषयले भने ९० प्रतिशत विदेशी कामदार नियन्त्रणमा राख्ने निजी क्षेत्रमा भने चिन्ता थपिएको छ ।

Powered by Blogger.