फिल्म नपाएपछि प्रायः सबै कलाकारले भन्ने वाक्य एउटै हुन्छ, 'अफर त => आइरहेको छ तर चित्तै बुझेको छैन।' अभिनेत्री सगुन शाहीको मुखमा अहिले यही वाक्य झुन्डिएको छ। पहिलो फिल्म ढुवानी रिलिज भएको नौ महिना बितिसक्दा पनि उनले अर्को फिल्म पाएकी छैनन्। ढुवानीमा सोझी युवतीको भूमिकामा देखिए पनि सेक्सी फिल्म खेल्ने इच्छा रहेको भनाइ सार्वजनिक गरनि्। जसका कारण उनको इमेज बिगि्रयो र उनलाई अभिनय गराउने मुडमा रहेका केही निर्माता/निर्देशक पनि बिच्किए। यसरी फिल्मविहीन भएकाले अफर आए पनि आफूले नलेखेको फुर्ती लगाउन उनका लागि बाध्यता बन्यो।
अर्को रमाइलो कुरा के छ भने फिल्म रजिेक्ट गरेको गफ दिने उनी लोकगीतको भिडियोमा कम्मर मर्काइरहेकी छन्। केही समयअगाडि भद्रगोल भन्ने हास्य टेलिफिल्ममा पनि देखिएकी थिइन्। नाच्नका लागि दुबई पुगिन्। तर पनि फुर्तीचाहिँ अझ घटेको छैन।
